के हो मौखिक रोग, यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

मौखिक रोग शरीरको सबैभन्दा अपरिचित पक्ष हो, जसको गहन प्रभाव सम्पूर्ण स्वास्थ्यमा पर्न सक्छ। त्यसैले दाँत सफा नराखेमा यसले मानिसलाई जीवनभर असर पुर्‍याउँछ। जान्नुहोस् कसरी तपाईंको मुख, दाँत, र गिजाहरूको सरसफाईमा हुने हेलचक्राईले स्वास्थ्यलाई असर गर्दछ।

सास/मुख गन्हाउने : मुखमा रहेको खानाको कणहरूको अवशेषले दाँतमा ब्याक्टेरियाको बेरंग र चिपचिपा फिल्म बनाउँदछ जसले गर्दा गिजामा चिढचिढाहट महसुस हुन्छ। जीवाणुहरूलाई जिब्रोले पासोमा पार्छ र त्यसै कारणले गन्ध उत्पन्न हुने गर्दछ। अनुचित रूपमा ब्रशइंग र फ्लोसिंग गर्दा परिणामस्वरूप ब्याक्टेरियाको गठन हुने कारणले सास गन्हाउँछ।

दाँत\दन्त्य क्षय : दाँत/दन्त्य क्षय वा श्राव कारकहरूको संयोजनको कारणले हुन्छन्। तपाईंको मुखमा ब्याक्टेरिया, बारम्बार खाजा खाने, गुलियो पेय पदार्थहरू चुस्ने र दाँत राम्ररी सफा नगर्नाले मुखमै रहन्छ जसले गर्दा गम्भीर दाँत दुखाइ, संक्रमण, र दाँत गुमाउनु पर्ने पनि हुन सक्छ। नियमित दन्त चिकित्सकसँग सल्लाह र राम्रो ब्रशिंग र फ्लोसिंग गर्ने बानीले दाँत बिग्रनबिरूद्ध राम्रो सुरक्षा गर्न मद्धत पुर्याउछ ।

हृदय रोगको जोखिम : स्वस्थ दाँतले तपाईंमा हृदय रोगको जोखिम कम गर्दछ। कमजोर दन्त स्वास्थ्यले रक्त प्रवाहमा ब्याक्टेरिया संक्रमणको जोखिम बढाउँछ जसले मुटुको भल्भलाई असर गर्दछ। रिसर्च अनुसार पीरियडोंटल रोगले मुटुको अवस्था बिगार्नु साथसाथै मुटुरोगीलाई झन् गाह्रो बनाउने देखिन्छ।

समयपूर्व जन्म : गर्भावस्थामा, महिलाहरूले नष्लनष्खष्तष्क र पीरियडोंटल रोगमा वृद्धि अनुभव गर्न सक्दछन्। कमजोर मौखिक स्वास्थ्य भएका गर्भवती महिलाहरूमा समयपूर्व श्रम वा बच्चाको कम जन्म तौल हुन सक्ने उच्च जोखिम हुन्छ। सूजन गराउने ब्याक्टेरियाले रक्त प्रवाहमा पुगेर विकासशील बच्चालाई असर गर्छ, जस कारण बच्चाको जन्म तौल कम हुन पुग्छ।

त्यसैले गर्भवती महिलाहरूको लागि ब्रश, फ्लोस, र दन्तचिकित्सकको समय समयमा सल्लाह लिन अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

मधुमेह : मधुमेह रोग भएका मानिसको रगतमा चिनीको स्तर नियन्त्रण गर्न गाह्रो हुन्छ, त्यसैले संक्रमणको लागि शरीरको प्रतिरोधात्मक क्षमता कम गरेर, मधुमेहले तपाईंको गिजालाई जोखिममा राख्छ। नियमित पीरियडोंटल हेरचाहले मधुमेह नियन्त्रणलाई सुधार गर्न मद्धत पुर्याउदछ।

क्यान्सर : कुनै पनि प्रकारको सुर्तिजन्य पदार्थ, भारी रक्सीको प्रयोग साथसाथै ओठमा अत्यधिक घामको सम्पर्कले मौखिक क्यान्सर निम्त्याउँन सक्छ। दन्तचिकित्सकसंग नियमित रूपमा भेटेर सम्पूर्ण मुखको असामान्य क्षेत्रहरूको लागि निरीक्षण गर्न अनुरोध गरेमा मुखको क्यान्सर वा परिवर्तनलाई पूर्वानुमान गर्न सकिन्छ। मौखिक स्वच्छताले तपाईंलाई सुन्दर र स्वास्थ्य मुस्कान प्रदान गर्दछ। त्यसैले दाँत सफा र स्वच्छ राखेमा जीवनमा र समग्र स्वास्थ्यमा ठूलो फरक पार्न सकिन्छ।

Leave A Comment